Khabar Board

सागर ढकालले दिलाए नेपाललाई तेस्रो सफलता

काठमाडौँ। सागर ढकालले नेपाललाई तेस्रो सफलता दिलाएका छन्। नवौँ ओभरको पहिलो बलमा उनले स्टीफन डोहेनीलाई बोल्ड गरेका हुन्। स्टीफनले ८ बलमा ४ रन बनाए।

त्यसअघि सागरले सातौँ ओभरको दोस्रो बलमा रोस अडायरलाई १७ रनमा लङअफमा पवन सर्राफबाट क्याच आउट गराए।रोसले २० बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए।

सागरले चौथो ओभरको पाँचौँ बलमा जेम्स म्याकोलमलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट गराए। उनले १३ बलमा ३ चौका र २ छक्कासहित २६ रन बनाए।

नेपाल ‘ए’ टि२० टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, विपिन खत्री, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी

बेन्च : हेमन्त धामी, विकास आग्री, नारायण जोशी,अर्जुन घर्ती

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.