कमलसिंह ऐरी दिलाए नेपाललाई पाँचौँ सफलता, मुर ६५ रन बनाएर आउट

Image

काठमाडौँ । कमलसिंह ऐरीले नेपाललाई पाँचौँ सफलता दिलाएका छन्।

१३औँ ओभरको चौथो बलमा उनले सेट भइसकेका पिटर मुरलाई लोकेश धामीबाट क्याच आउट गराएका हुन्। पिटरले २६ बलमा ३ चौका र ७ छक्कासहित ६५ रन बनाए।

त्यसअघि नवौँ ओभरको पहिलो बलमा सागर ढकालले स्टीफन डोहेनीलाई बोल्ड गरेका हुन्। स्टीफनले ८ बलमा ४ रन बनाए। लगत्तै केड कार्माइकललाई उनी र पवन सर्राफले रन आउट बनाए।

सागरले नै सातौँ ओभरको दोस्रो बलमा रोस अडायरलाई १७ रनमा लङअफमा पवन सर्राफबाट क्याच आउट गराए। रोसले २० बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए।

सागरले चौथो ओभरको पाँचौँ बलमा जेम्स म्याकोलमलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट गराए। उनले १३ बलमा ३ चौका र २ छक्कासहित २६ रन बनाए।

नेपाल ‘ए’ टि२० टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, विपिन खत्री, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी

बेन्च : हेमन्त धामी, विकास आग्री, नारायण जोशी,अर्जुन घर्ती