Khabar Board
Flash logo up side
flash header

शर्राफले दिलाए नेपाललाई छैटौँ सफलता

Nirbachan m

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले छैटौँ सफलता हात पारेको छ । पवन शर्राफले नेपाललाई छैटौँ सफलता दिलाएका हुन् ।

गेरेथ डेलनी १० रन बनाएर लोकेश बमद्वारा क्याच आउट भए । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले १५.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको छ ।

त्यसअघि कमलसिंह ऐरीले नेपाललाई पाँचौँ सफलता दिलाएका हुन् । १३औँ ओभरको चौथो बलमा उनले सेट भइसकेका पिटर मुरलाई लोकेश धामीबाट क्याच आउट गराएका हुन्। पिटरले २६ बलमा ३ चौका र ७ छक्कासहित ६५ रन बनाए।

नवौँ ओभरको पहिलो बलमा सागर ढकालले स्टीफन डोहेनीलाई बोल्ड गरेका हुन्। स्टीफनले ८ बलमा ४ रन बनाए। लगत्तै केड कार्माइकललाई उनी र पवन सर्राफले रन आउट बनाए।

सागरले नै सातौँ ओभरको दोस्रो बलमा रोस अडायरलाई १७ रनमा लङअफमा पवन सर्राफबाट क्याच आउट गराए। रोसले २० बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए।

Center article

सागरले चौथो ओभरको पाँचौँ बलमा जेम्स म्याकोलमलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट गराए। उनले १३ बलमा ३ चौका र २ छक्कासहित २६ रन बनाए।

नेपाल ‘ए’ टि२० टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, विपिन खत्री, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी

बेन्च : हेमन्त धामी, विकास आग्री, नारायण जोशी,अर्जुन घर्ती

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.