Khabar Board

नेपालले दोस्रो विकेट गुमायो, कप्तान विनोद भण्डारी आउट

काठमाडौँ । नेपाल ‘ए’ले दोस्रो विकेट गुमाएको छ। आयरल्यान्ड उल्भ्सले दिएको २२५ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेटको रूपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो।

१३ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाएर खेलिरहेका उनी बेन ह्वाइटको बलमा आउट भए।

उनी सातौँ ओभरको अन्तिम बलमा गल्लीमा केड कार्माइकलबाट क्याच आउट भएका हुन्। त्यसअघि नेपालले लोकेश बमलाई गुमाएको थियो। लोकेशले १३ बलमा ३ चौका र २ छक्कासहित २५ रन बनाए। उनी फिओन ह्यान्डको बलमा विकेटकिपर निल रकबाट क्याच आउट भए।

टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २४ रन बनायो ।

आयरल्यान्डका लागि कप्तान निल रकले ३४ बलमा १ चौका र ७ छक्काको सहयोगमा ७१ रनको अर्धशतकीय ईनिङ खेले । पिटर मोरले २६ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेले ।

ओपनर जेम्स म्याकुलमले १३ बलमा ३ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए । गारेथ डिलेनीले ८ बलमा १ छक्काको सहयोगमा १० रन बनाएका थिए । आयरल्यान्डले अन्तिम ओभरमा २५ रन बनाएको थियो ।

नेपालका लागि सागर ढकालले ३ र पवन सर्राफ र कमलसिंह ऐरीले समान १/१ विकेट लिए ।

शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड वल्भ्ससँग नेपाल ए २१ रनले पराजित भएको थियो । आजको खेलमा जित हात पारेर नेपाल सिरिज बराबरी गर्न चाहन्छ । उता, आईरिस टोली यस खेलमा जित निकाल्दै एक खेल अगाबै सिरिज जित्न चाहन्छ ।

नेपाल र आयरल्यान्ड वल्भ्सबीचको तेस्रो तथा अन्तिम खेल अप्रिल १ मा हुनेछ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.