बाबर आजम फेरि पाकिस्तानी क्रिकेटको कप्तानमा नियुक्त

Image

काठमाडौँ। पाकिस्तान क्रिकेट बोर्डले आइतबार बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ ।

पाकिस्तानी क्रिकेट टोलीको सेतो बल (एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी–२० आई) को कप्तानमा बाबर आजम नियुक्त भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आइतबार उनलाई कप्तानी जिम्मेवारी दिएको हो।

बाबरले एक दिवसीय विश्वकप २०२३ पछि तीनवटै फर्म्याटको कप्तानी छोडेका थिए। त्यसपछि शान मसूदलाई टेस्ट र शाहिन अफ्रिदीलाई टी–२० को कप्तान बनाइएको थियो।

बाबरको कप्तानीमा पाकिस्तानी टोली एक दिवसीय र टी–२० वरियतामा नम्बर १ बनेको थियो। उनको कप्तानीमा टोली सन् २०२२ को टी–२० विश्वकपको फाइनलमा पुगेको थियो। तर, इङ्ग्ल्यान्डसँग पराजित भएको थियो।

अफ्रिदीको कप्तानीमा टोलीले राम्रो प्रदर्शन गर्न सकेको थिएन। न्युजिल्यान्डसँगको टी–२० सिरिजमा टोलीले ४–१ ले हार बेहोरेको थियो। यता, मसूदको कप्तानीमा रहेको पाकिस्तानी टोली अस्ट्रेलियासँगको टेस्ट सिरिजमा ३–० ले पराजित भएको थियो।