Khabar Board
Flash logo up side
flash header

राजस्थानको लगातार तेस्रो जित, मुम्बईको हारमा ह्याट्रिक

Nirbachan m

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को १४ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेर लगातार तेस्रो जित हात पारेको छ ।

घरेलु मैदान वागंखडे क्रिकेट स्टेडियममा यस सिजनको तेस्रो हार मुम्बईले ६ विकेटको व्यहार्यो । मुम्बईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १५ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानको जितमा रियान परागले ३९ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । रविचन्द्रन आश्विनले १६ बलमा १ चौकाको सहयोगमा १६ रन बनाए । पराग र आश्विनले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । सो साझेदारी नै जितमा निर्णायक बन्यो ।
जोस बटलरले १६ बलमा १३ तथा कप्तान सन्जस सामसनले १० बलमा १२ रन बनाए ।

मुम्बईका लागि आकाश मठवालले ३ तथा कउइना मफाकाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो ।
मुम्बईका लागि कप्तान हार्दिक पान्ड्याले २१ बलमा ६ चौकाको सहयोगमा ३४ रन बनाए । तिलक बर्माले २९ बलमा २ छक्काको सहयोगमा ३२ रन बनाए । पान्ड्या र बर्माले ५ औ विकेटका लागि ५६ रनको साझेदारी गर्दै टोलीलाई राम्रो योगफलमा पुर्याउने लक्ष्य राखे पनि पान्ड्यालाई युजभेन्द्र चहलले आउट गराए पछि त्यो साझेदारी तोडिएको थियो ।

Center article

टिम डेबिडले २४ बलमा १ चौकाको सहयोगमा १७ रन बनाए । ओपनर इशान किशनले १४ बलमा २ चौका र १ छक्काको सहयोगमा १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

राजस्थानका लागि ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान ३ तथा नान्र्दे बर्गरले २ विकेट लिए ।

लगातार तेस्रो जितका साथ राजस्थान शीर्ष स्थानमा उक्लिएको छ । तेस्रो हार व्यहोरेको मुम्बई अंक तालिकाको पुछारमा कायमै छ ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.