Khabar Board

एसएमएस फ्रेन्डसिप कपअन्तर्गत आज बरोडासँग खेल्दै नेपाल

काठमाडौँ। भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले मंगलबार एसएमएस फ्रेन्डसिप कपअन्तर्गत दोस्रो खेल बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दै छ।

एसीसी प्रिमियर कप र टी–२० विश्वकपको तयारीस्वरूप नेपालले गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग टी–२० फ्रेन्डसिप कप खेलिरहेको हो।

गुजरातसँगको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो। गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। भारत भ्रमणमा निसक्नुअघि नेपालले घरेलु मैदानमा आयरल्यान्ड उल्भ्ससँग दुई खेलको टी–२० शृंखला खेलेको थियो।

गत सोमबार सम्पन्न पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो। गत मंगलबार सम्पन्न दोस्रो तथा अन्तिम खेलमा पनि ७१ रनको जित हासिल गर्दै नेपालले शृंखला २–० ले क्लिन स्वीप गरेको थियो। फ्रेन्डसिप कप खेल्न नेपाली टोली गत बिहीबार गुजरात प्रस्थान गरेको थियो।

नेपालले फ्रेन्डसिप कपअन्तर्गत तेस्रो खेल बुधबार पुन: गुजरातसँग खेल खेल्ने छ।

शुक्रबार बरोडासँग पुन: खेल्दै नेपालले फ्रेन्डसिप कपअन्तर्गतका समूह चरणका खेल सकाउने छ। समूह चरणमा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन्। फाइनल खेल चैत २५ गते हुने छ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।

बरोडाको टोली : विष्णु सोलांकी (कप्तान), ज्योत्सनिल सिंह, शस्वात रावत, प्रियांशु मोलिया, भानु पनिया, हेमन्त पौण्डे, सोयबी सोपारिया, अभिमन्युसिंह राजपुत, ध्रुव पटेल, जय अभाले, अमित पासी, मोहित मोंगिया, पिरिक्षित पाटीदार, लक्षित तोक्सिया र बाबासाफिखान पठान ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.