Khabar Board
Flash logo up side
flash header

ओपनर क्विटन डि ककको अर्धशतकमा बेंगलुरुलाई १८२ रनको लक्ष्य

Nirbachan m

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा ओपनर क्विटन डि ककको अर्धशतकको सहयोगमा लखनाउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरुले १ सय ८२ रनको लक्ष्य पाएको छ ।

बेंगलोरको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लखनाउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो ।

लखनाउका लागि ओपनर क्विटन डि ककले ५६ बलमा ८ चौका र ५ छक्काको सहयोगमा ८१ रनको अर्धशतकीय ईनिङ खेले । निकोलस पुरनले २१ बलमा १ चौका र ५ छक्काको सहयोगमा अविजित ४० रन बनाए । मार्कस स्टोईनेसले १५ बलमा १ चौका र २ छक्काको सहयोगमा २४ रन बनाए । कप्तान केएल राहुलले १४ बलमा २ छक्काको सहयोगमा २० रन बनाए ।

बेंगलुरुका लागि ग्लेन म्याक्सवेलले २ तथा यस दयाल, रिच टोप्ली र मोहम्मद सिराजले समान १/१ विकेट लिए ।

Center article

जारी सिजनको आइपिएलमा बेंगलुरुले तीन खेलमा एक जित र दुई खेलमा हार व्यहोरेको छ । भने, लखनाउले दुई खेलमा एक जित र एक हार व्यहोरेको छ । बेंगलुरुले पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो । भने, चेन्नई सुपर किंग्स र कोलकोता नाईटराईडर्सविरुद्ध हार व्यहोरेको थियो ।

लखनाउले राजस्थान रोयल्सविरुद्ध हार व्यहोरेको थियो । भने, पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो । यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो ।

आईपीएल ईतिहासमा यि दुवै टोली चार पटक आमने सामने भएका छन् । जसमध्ये तीन खेलमा बेंगलुरु विजयी हुदाँ एक खेल लखनाउले जितेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.