Khabar Board
Flash logo up side
flash header

नेपालले टस हार्यो पहिला फिल्डिङ गर्ने, प्लेइङ–११ मा चार परिवर्तन

Nirbachan m

काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी एकदिवसीय सिरिजको अन्तिम खेलमा टस हारेको छ । वल्भ्स कप्तान निल रकले टस जितेर ब्याटिङ रोजेको हुन् ।

Center article

नेपालले पहिलो फिल्ड गर्दैछ । नेपालले आजको खेलमा ४ परिवर्तन गरेको छ । आरिफ शेख, श्याम ढकाल, कमल सिंह ऐरी र बसिर अहमद बेन्चमा छन् । वल्भ्सले पनि टोलीमा ३ परिवर्तन गरेको छ ।

तीन खेलको सिरिज नेपालले एक खेल अगावै पाहुना टिमलाई सुम्पिसकेको छ । नेपाल ‘ए’ आजको खेल जितेर ‘क्लिन स्विप’ बाट जोगिन पूरा कोसिस गर्नेछ । अघिल्लो दुई खेलमा नेपाल खराब ब्याटिङका कारण पराजित भएको थियो ।

नेपालको टोली : विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, साहब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल र विकास आग्री

आयरल्यान्ड वल्भ्स : निल रक, केड कार्माइकल, स्टेफन डोहनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, जेम्स मकलम, पिजे मुर, मोर्गन टपीङ, बेन ह्वाइट

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.