Khabar Board
Flash logo up side
flash header

नेपालको आईसीसी विश्व वरीयता खस्कियो, यस्तो छ नयाँ स्थान

काठमाडौं । क्रिकेटको विश्व​ वरीयतामा नेपालको स्थान खस्किएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले शुक्रबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालको टी–२० र एकदिवसीय दुबै वरीयता खस्किएको हो ।

यसअघि टी–२० वरीयताको १६ औँ स्थानमा रहेको नेपाल एक स्थान खस्कँदै १७ औँ स्थानमा झरेको हो। नेदरल्यान्ड्स १५ औँ स्थानमा यथावत् रहँदा युएई एक स्थान माथि उक्लँदै १६ औं स्थानमा पुगेको छ।

यातायात कार्यालय हेटौँडा

एकदिवसीयतर्फ पनि नेपालको वरीयता दुई स्थान खस्किएको छ। यसअघि १५ औँ स्थानमा रहेको नेपाल १७ औँ स्थानमा झरेको छ। टी–२० र एकदिवसीयको दुबै वरीयतामा भारत शीर्ष स्थानमा रहँदा टेस्टतर्फ अस्ट्रेलियाले शीर्ष स्थानमा पुगेको छ ।

यो पनि : सन्दीपले अझै विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुने सम्भावना कति ?

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.