Khabar Board
Flash logo up side
flash header

सन्दीपको मुद्दामा आज महत्वपूर्ण पेसी, फैसला आउने सम्भावना

Nirbachan m

काठमाडौं । क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालतमा पेसी तोकिएको छ । यसअघि पटकपटक धकेलिएको सुनवाई आज सुरू हुने छन् ।

Center article

जिल्ला अदालतको फैसलाविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्चमा विभिन्न कारण देखाएर तीनपटक सुनवाई स्थगत भइसकेको छ । अघिल्लो पटक हेर्न नभ्याइनेमा परेको थियो ।

सन्दीपले टी २० विशश्वकपमा स्थान बनाउनका निम्ति आज सुनवाई हुनु निकै महत्वपूर्ण छ । यदि चाँडै फैसला आएर सन्दीपले सफाइ पाएमा उनी विश्वकप टीममा समेटिन सक्नेछन् ।

विश्वकप विश्वकप हेरफेर गर्ने अन्तिम समय आउँदो २५ तारेखसम्म छ । कुनै उचित कारण देखाएर मुख्य टोलीमा रहेका खेलाडीलाई रिजर्भ खेलाडीले प्रतिस्थापन गर्न सकिने आइसीसीको प्रावधानमा रहेको छ ।

नेपालले रिजर्भ खेलाडीहरूको घोषणा गरिसकेको छैन । तर, आइसीसीमा २५ जना खेलाडीहरूको नाम दर्ता गरिएको छ । ती २५ मध्ये ५ जना खेलाडीमा रिजर्भमा राख्न सकिन्छ । यदि मुख्य टोलीमा रहेको कुनै खेलाडी कुनै कारणले खेल्न नसक्ने भएमा आइसीसीसँग अनुमति लिएर २५ तारिखसम्ममा रिजर्भ खेलाडीबाट प्रतिस्थापन गर्नुपर्छ ।

यदि उच्चले जिल्ला अदालतको फैसला सन्दीपलाई सफाइ दियो भने उनले विश्वकप खेल्ने ढोका खुल्न सक्ने छ । तर, यदि उच्चले पनि सन्दीपलाई दोषी ठहर्‍यायो भने चाहिँ उनका सबै ढोकाहरू बन्द हुनेछन् ।

यो पनि : सन्दीपले अझै विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुने सम्भावना कति ?

 

 

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.