फेरि यति एयरलाइन्सको वार्षिकोत्सव अफर भन्दै सामाजिक सञ्जालमा स्पाम आतंक

Image

काठमाडौं ।

सामाजिक सञ्जालमा यति एयरलाइन्सको वार्षिकोत्सव अफर भन्दै स्पाम गतिविधि भएको पाइएको छ । फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा पोस्ट तथा मेसेजमार्फत यति एयरलाइन्सको २०औं वार्षिकोत्सवमा पुरस्कार अभियान चलेको पाइएको हो ।

यसरी आउने लिंकमा ५००० रुपैयाँसम्म जित्ने मौका भनेर म्यासेज लेखिएको छ । यसपछि एक विज्ञप्ति जारी गर्दै कम्पनीले सामाजिक सञ्जालमा आएका पोस्टहरूमा कुनै सत्यता नभएकाले यसबाट सतर्क रहन आग्रह गरेको छ ।

आफ्नो लोगो र नाम दुरूपयोग गरी पोस्ट भएका सामग्री र मेसेज स्क्याम हुनसक्ने कम्पनीको भनाइ छ । कम्पनीले सेवाग्राहीलाई आफ्नो आधिकारिक सामाजिक सञ्जाल र वेबसाइटबाट मात्र सूचना लिन आग्रह गरेको छ । यसअघि पनि कम्पनीको नाममा यस्तै स्पाम आतंक फैलिएको थियो ।