गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय

Image

हेटौंडा / बागमती प्रदेश सरकारले नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व गाईजात्राको अवसरमा साउन २५ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदासम्बन्धी सूचना प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका विभिन्न जिल्लामा विशेष उल्लासका साथ मनाइने परम्परा छ। परम्परागत सांस्कृतिक रीतिथितिका संरक्षण तथा समुदायको भावनालाई सम्मान गर्दै प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ।