हेटौंडा / मिति २०८१ साल वैशाख ८ गते ९ वर्षीया नाबालिकामाथि जवरजस्ती करणी गरी फरार रहेका जिल्ला पर्सा वीरगंज महानगरपालिका–१३ राधेमाई टोल बस्ने ३६ वर्षीय आस मोहम्मद अंसारी एक वर्षपछि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा खोजतलास गर्ने क्रममा मिति २०८२ साउन २६ गते अंसारीलाई उनको घर नजिकै लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउपछि आवश्यक कारबाहीका लागि सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुएको छ।

















