रातोमाटेमा ७ किलो ४५० ग्राम गाँजा सहित चेपाङ्ग पक्राउ

Image

हेटौंडा/ मकवानपुरको प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले ७ किलो ४५० ग्राम लागूऔषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा सवारी साधन चेकजाँचका क्रममा ना ७ ख ६९१ नम्बरको यात्रुबाहक बसमा सवार चितवन, राप्ती नगरपालिका–१२ तिरुवा निवासी २७ वर्षीय रोहित चेपाङलाई पक्राउ गरिएको हो।

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बसमा चढेका उनको बोकेको झोला जाँच्दा लुकाइ–छिपाई ल्याइएको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले  जनकारी दिनुभएको छ।

बरामद गरिएको गाँजा सहित आरोपीलाई नियन्त्रणमा लिई लागूऔषध कसुर मुद्दामा मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको अर्यालले ले बताउनुभएको छ।