सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उपभोग दस्तुर निर्धारण : कुन गाडीको कति ?

Image

हेटौंडा / सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको छ। नयाँ दर अनुसार कार/भ्यान, जीप, पिकअप र माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

मिनिबस, मिनिट्रक र टिपरको हकमा प्रवेशमा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ दस्तुर तोकिएको छ। बस तथा ट्रक काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ लाग्नेछ।

भारी सवारी साधनको प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ। सरकारले प्रारम्भिक प्रस्तावमा केही सवारीको शुल्क घटाउने र केहीमा वृद्धि गर्ने निर्णय गरेको हो।