हेटौंडा/ हेटौंडा–२ मनकामना चोकमा रहेको प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
‘रक्तदान जीवनदान’ भन्ने नारालाई सार्थक बनाउन आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले पनि रक्तदान गर्नुभयो।
रगतको अभाव कम गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा ६० जनाले रक्तदान गरेको सहकारीका मेनेजर विनोद पौडेलले जानकारी दिनुभयो। विहान ७ बजे सुरु भएको कार्यक्रम मनकामना चोकमै १० बजे सम्पन्न भएको हो।

















