मकवानपुरको लामिडाँडामा पहिरो खस्दा सडक अवरुद्ध

Image

हेटौंडा/ त्रिभुवन राजपथको भिमफेदी गाउँपालिका–९ लामिडाँडा खण्डमा गए राति अचानक ढुङ्गा र रुख खस्दा यात्रु तथा सवारी साधन अलपत्र परेका छन् ।

मध्यराति पहिरो खस्दा  सडक पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुले गन्तव्यमा पुग्न कठिनाइ भोग्नु परेको छ । प्रहरी चौकी भैसेबाट टोली खटिएको र सडक विभागसँग समन्वय गरी रातिदेखि नै बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना स्थल प्रहरी चौकी भैसेबाट करिब २२ किलोमिटर पश्चिम उत्तरतर्फ पर्छ । पहिरो पन्छाउने कार्य जारी छ  ठुलो ढुङ्गा खसेको कारण ब्रेकर आवश्यक रहेकोले ब्रेक्ररको ब्यबस्था गरेर बाटो खुलाउनु पर्ने भएको कारण अझै केही  समय लाग्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।