मकवानपुरमा तीन स्थानमा पहिरोले सडक अवरुद्ध, प्रहरीद्वारा हेटौंडा काठमाडौं वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

Image

हेटौंडा / निरन्तर वर्षाका कारण मकवानपुरका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाबाट काठमाडौं जाने त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका–९ लामिडाँडामा ठूलो मात्रामा ढुङ्गा–माटोसहितको पहिरो खस्दा सडक पूर्णरूपमा बन्द भएको छ ।

त्यस्तै, इन्द्रसरोबर गाउँपालिका–५ महालक्ष्मी खोला हुँदै मातातिर्थ जाने सडकखण्ड र इन्द्रसरोबर गाउँपालिका–३ ज्यामिरे (सिस्नेरी–फर्पिङ) सडकखण्डमा समेत पहिरो खस्दा यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

ठूलाठूला ढुङ्गा खसेको कारण जेसिबीको सहयोगमा सडक खोल्ने प्रयास भइरहेको भए पनि तत्काल यात्रुहरुलाई हुम्ने–फाखेल हुँदै वा कान्तिलोकपथ प्रयोग गर्न अनुरोध गरिएको छ ।