इजरायल पुगेका विपिन जोशीकी आमा–बहिनी, बन्धक छोराको सुरक्षित मुक्तिका लागि राष्ट्रपति लाई आग्रह

Image

कञ्चनपुरका विपिन जोशीलाई प्यालेस्टाइनी लडाकु समूह हमासले अपहरण गरेको महीनौं बितिसक्दा पनि उनी अझै बेपत्ता छन्। आफ्ना प्रियजनको खोजीमा विपिनकी आमा पदमा जोशी र बहिनी पुष्पा हालै इजरायल पुगेका छन्।

त्यहाँ उनीहरूले राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेट गरी विपिनको तत्काल र सुरक्षित मुक्तिका लागि पहल गरिदिन भावुक आग्रह गरेका हुन्।

भेटमा इजरायलस्थित नेपाली दूतावासका राजदूत धनप्रसाद पण्डित समेत सहभागी थिए।
भेटका क्रममा आमा पदमाले छोराको जीवन रक्षा र मानवीय संवेदनशीलताका आधारमा पहल गर्न आग्रह गर्दा उपस्थित सबै भावुक भएका थिए।