भदौ १ देखि अबरुद्ध हेटौंडा काठमाडौं सिस्नेरी सडक पुनः सञ्चालन

Image

हेटौंडा / इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेस्थित दक्षिणकाली (सिस्नेरी–फर्पिङ जाने) सडक खण्ड साउन ३१ गते बिहान ९:३० बजे सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको थियो।

घटनापछि जिल्ला प्रहरी चौकी सिस्नेरीका प्रमुख नन्द किशोर महत्तोको नेतृत्वमा टोली खटिँदै तत्कालै जेसीभीसँग समन्वय गरी प्राथमिक कार्य अगाडि बढाइएको थियो। सो स्थान चौकीदेखि करिब ४ कि.मि. पश्चिममा पर्ने भएकाले तत्कालै उद्धार कार्य कठिन भए पनि निरन्तर प्रयास गरिएको जनाइएको छ।

भदौ १ गतेदेखि दुईवटा स्काभेटरको सहयोगमा पहिरो पन्छाउने काम सुरु गरिएसँगै पुरानो खोलाको बाटो प्रयोग गरी डाइभर्सनमार्फत अस्थायी रूपमा सवारी सञ्चालन गरिएको थियो।

लगातारको प्रयासपछि भदौ ४ गते बिहान ८:०० बजेदेखि सडक एकतर्फी आवतजावतका लागि सञ्चालनमा ल्याउन सफल भएको प्रहरी चौकी सिस्नेरीले जानकारी दिएको छ।