मकवानपुरको गढी गाउँपालिका मक्राञ्चुलीमा मोटरसाइकलको ठक्कर बाट महिलाको मृत्यु

Image

हेटौंडा/ मकवानपुरगढी गाउँपालिका–३ फुट्सलचोकमा सोमबार बिहान मोटरसाइकलले ठक्कर दिएकी एक वृद्ध महिलाको लामो उपचार यात्रा पछिसमेत ज्यान जोगिन सकेन।

मक्राञ्चुलीबाट हेटौंडातर्फ गइरहेको ना ४३ प २०४० नं.को मोटरसाइकलले ९२ वर्षीया नन्दकुमारी न्यौपानेलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। स्थानीय र चालकले उनलाई तत्काल हेटौंडा अस्पताल पु¥याए पनि अवस्था सुधार नभएपछि चितवन पुरानो मेडिकल कलेजमा रिफर गरिएको थियो। तर, त्यहाँ शल्यक्रिया सम्भव नभएपछि पुनः मकवानपुर फर्काइएकी वृद्ध महिलालाई मकवानपुर सहकारी अस्पतालमा भर्ना गरिएको थियो।

साँझ ७ः५० बजे चिकित्सकले मृत घोषणा गरेपछि उपचारमा गरिएको निरन्तर प्रयास असफल भएको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनापछि मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरले थप अनुसन्धान गरिरहेको छ।