हेटौंडा / नेकपा एमाले निकटको भातृ संगठन युवा संघ नेपाल मकवानपुरले आज हेटौंडाको हुप्रचौरमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा २७४ जनाले रक्तदान गरी ऐतिहासिक रेकर्ड कायम गरेका छन् ।
कार्यक्रमको उद्घाटन नेकपा एमालेका मुख्य सचेतक तथा मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार वर्तौलाले गर्नुभयो । ‘रगतको अभावमा रहेका बिरामीलाई जीवन दिने अभियान’ भन्ने मूल उद्देश्यका साथ कार्यक्रम गरिएको युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिनुभयो ।

सो अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको अध्यक्ष नगरकोटीले बताए ।

















