हेटौंडा / उद्योग संघ हेटौंडामा आवद्ध उद्योगका कामदार तथा कर्मचारीका लागि शुक्रबार विशेष आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ।
उद्योग संघ हेटौंडाको आयोजनामा र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा ११६ जनाको आँखा स्वास्थ्य परीक्षण गरिएको हो। परीक्षणमा सहभागीमध्ये एक जनामा मोतिविन्दु देखिएको र थप १० जनामा विभिन्न समस्या पहिचान भई अस्पतालमा उपचारका लागि सिफारिस गरिएको संघले जनाएको छ। मोतिविन्दु देखिएका कामदारलाई शल्यक्रियाका लागि अस्पतालमा बोलाइएको छ।
कार्यक्रममा सहभागीलाई आवश्यक औषधि निशुल्क वितरण गरिएको थियो। हेटौंडा इन्जिनियरिङ, यती पेन्ट्स, सीई हाईड्रो, हेटौंडा फेब्रिकेशन, सामुराई स्टील, क्रिस्टल प्रोडक्टलगायतका उद्योगका कामदार–कर्मचारीले आँखा जाँच गराएका थिए।

















