हेटौंडामा सवारी दुर्घटनामा एक महिलाको मृत्यु

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरस्थित पूर्व–पश्चिम राजमार्गमा आज साँझ मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा एक महिलाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार साँझ ४:५० बजे रातोमाटेतर्फबाट आउँदै गरेको बा.प्र.०२–०४५ प ५५९७ नम्बरको मोटरसाइकल र हेटौंडाबाट रातोमाटे जाँदै गरेको बा.प्र.०३–००५ प ९०६९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । सो दुर्घटनामा पर्सा, वीरगञ्ज–१३ मुर्लीका ४८ वर्षीय प्रविण श्रेष्ठ घाइते भएका छन् भने उनकी श्रीमती ४३ वर्षीया कविता जोशी श्रेष्ठ गम्भीर घाइते भई उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत घोषित भएकी छन् ।

घटनामा संलग्न दुवै मोटरसाइकल, बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमै राखिएको छ ।