मकवानपुरमा लागुऔषध सहित दुई महिला पक्राउ

Image

हेटौंडा/ मकवानपुर प्रहरीले लागुऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

भाद्र ७ गते राति करिब ८ः३० बजे पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्र.३–०३–००१ ह १०३ नम्बरको अटो रोकेर चेकजाँच गर्दा जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका–२२ घर भएकी हाल हेटौंडा बसपार्क बस्ने २९ वर्षीया सम्झना थिङ र जिल्ला सिन्धुली दुधौली नगरपालिका–९ घर भएकी २३ वर्षीया सोनिका क्षेत्री पक्राउ परेका हुन्।

उनीहरूको साथबाट ३ ग्राम १५० मिलिग्राम लागुऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ र मोबाईल चार्जरभित्र राखिएको २२ ग्राम २० मिलिग्राम सेतो पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।

बरामद पदार्थसहित दुबै महिलालाई नियन्त्रणमा लिएर लागुऔषध मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको उहाँले बताउनुभएको छ।