HSMSS वार्षिक बास्केटबल प्रतियोगिता “Hoops २०८२” : Team BIM र Bachelors Girls Team विजयी

Image

हेटौंडा – हेटौडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस (HSMSS) मा आज वार्षिक बास्केटबल प्रतियोगिता “HSMSS Hoops २०८२” धमाकेदार शैलीमा सम्पन्न भएको छ। भाद्र ३ देखि ८ गतेसम्म चलेको प्रतियोगितामा विद्यार्थीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै दर्शकहरूलाई उत्साहित पारे।

छात्रतर्फ, Team BIM ले ६६ अंकसहित विजेता बनेको छ भने Team HM+12 Commerce ६४ अंकसहित दोस्रो स्थानमा रह्यो। विजेताले नगद रु. ७,०००, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद रु. ५,०००, पदक र प्रमाणपत्र पाएको छ।

छात्रातर्फ, Bachelors Girls Team ले ३२ अंकसहित शीर्ष स्थान हासिल गर्‍यो। दोस्रो स्थानमा +2 Girls Team ६ अंकसहित रह्यो। विजेता टोलीले नगद रु. ७,०००, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ।

विशेष अवार्डहरू यसप्रकार रहेका छन्:

MVP – छात्र: सक्ष्यम गुरुङ (Team BIM) – नगद रु. ३,००० र प्रमाणपत्र

Most Improved Player – छात्र: बिदान श्रेष्ठ (Team HM+12 Commerce) – नगद रु. २,०००

MVP – छात्रा: सरिश्मा श्रेष्ठ र पूजा योन्जन (Team Bachelors) – नगद रु. ३,००० र प्रमाणपत्र

प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन र टोलीगत सहकार्यलाई प्रोत्साहन गरेको छ। दर्शकहरूले उत्साहपूर्वक खेलको मजा लिँदै हेटौडामा खेलकुदको वातावरणलाई थप जीवन्त बनाएका छन्।