कैलाश गाउँपालिकामा अमुल श्रेष्ठको विदाई, रामप्रसाद शर्मा कंडेलको स्वागत

Image

हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठलाई बुधबार गाउँपालिकामा आयोजित स्वागत तथा ‘फेरि भेटौंला’ कार्यक्रमका बीच विदाई गरिएको छ ।

श्रेष्ठले ११ महिना ३ दिनसम्म गाउँपालिकामा सेवाप्रदाय गर्दै विकास, सुशासन र संघीयता कार्यान्वयनमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । २०८१ असोज ८ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यभार सम्हालेका श्रेष्ठ हाल संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कार्यालयमा सरुवा भएका छन् ।
सोही अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कंडेललाई स्वागत गरिएको छ ।

विदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले श्रेष्ठले प्रस्तुत सेवाप्रति आभार व्यक्त गर्दै भविष्यका लागि सफलताको शुभकामना दिएका थिए । उनले कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यले मात्र संस्थागत विकास सम्भव हुने भन्दै नयाँ प्रमुख प्रशासकीय अधिकृत कंडेलसँग पनि पूर्ण सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

त्यसैगरी उपाध्यक्ष बालकुमार मल्लले श्रेष्ठको योगदानको प्रशंसा गर्दै नयाँ प्रमुख प्रशासकीय अधिकृत कंडेललाई स्वागत गर्दै आगामी दिनमा सफलतापूर्ण कार्यकालको शुभकामना व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष मुक्तानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, रामप्रसाद शर्मा कंडेलसहित विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो