टिभिएसको एक्सचेञ्ज म्यानिया : पुरानो मोटरसाइकलमै नयाँ सपना

Image

हेटौंडा । पुरानो मोटरसाइकल वा स्कुटर बदल्ने सोच भएका ग्राहकका लागि हेटौंडामा टिभिएसले विशेष अवसर सिर्जना गरेको छ। नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. र हेटौंडा अटोमार्टको संयुक्त आयोजना रहेको एक्सचेञ्ज म्यानिया कार्यक्रमले ग्राहकलाई “पुरानोमा नयाँ” भन्ने सपना पुरा गरिदिएको छ।

कफिबार अगाडि सुरु भएको यो क्याम्प असोज १३ गतेसम्म चल्नेछ। जुनसुकै कम्पनीको पुरानो सवारी ल्याएर टिभिएसको नयाँ मोडल खरिद गर्न सकिने यस कार्यक्रमले पुरानो गाडीलाई न्यूनतम ३० हजार मूल्यांकन, थप १० हजार प्रोत्साहन मूल्य, खरिदमा ८ हजार छुट र शून्य प्रतिशत ब्याजमा किस्ताबन्दीको आकर्षण प्रदान गरेको छ।

हेटौंडा अटोमार्टका सञ्चालक प्रवेशराज बरुवालका अनुसार सुरु भएका केही दिनमै एन्ट्रक स्कुटर सबैभन्दा बढी रोजाइमा परेको छ भने अपाचे १६० सिसि र रोनिन २२५ सिसि पनि उच्च मागमा छन्।

ग्राहकमैत्री प्याकेज

कार्यक्रममा सहभागी हुनेलाई हेलमेट, बाइक कभर र ल्यापटप ब्याग निशुल्क दिइनुका साथै सवारीसाधनमा लाइफटाइम वारेन्टीको सुविधा पनि रहेको छ।

यसै क्रममा टिभिएसले नयाँ मोडल पनि प्रस्तुत गरेको छ।

रोनिन अनलिमिटेड मोर्डन (मिडनाइट ब्लु) – रु. ४,५९,९००

एन्ट्रक स्कुटर (फिरोजी निलो र नार्डो खैरो रंगमा) – रु. २,८२,९००

जुपिटर ११० सिसि (६० किमी माइलेज) – रु. २,५७,९००

पुरानो बाट नयाँतर्फ

साधारणतया पुरानो सवारीलाई बिक्रि गर्न झन्झटिलो हुने अवस्था रहँदै आएको छ। तर टिभिएसको यस पहलले ग्राहकलाई झन्झटमुक्त, सहुलियतसहित नयाँ मोटरसाइकल तथा स्कुटरमा सवार हुने अवसर दिएको छ।