हेटौंडा/ भरतपुर महानगरपालिका–२८ स्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा बिहीबार गैँडाको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ।
सामुदायिक वन कार्यालयबाट करिब १०० मिटर भित्र घाँस काट्न गएका ६२ वर्षीय खिमबहादुर सुनार लाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि सरकारी अस्पताल भरतपुर पठाइएको छ।
स्थानीयवासीका अनुसार यसअघि पनि सो क्षेत्रमा गैँडाले मानिसलाई आक्रमण गर्ने घटना हुँदै आएको छ। उनीहरूले सामुदायिक वन क्षेत्रमा घाँसपात संकलन गर्न जानेहरूको सुरक्षाका लागि आवश्यक व्यवस्थापन गर्न सम्बन्धित निकायलाई माग गरेका छन्।

















