बागमती प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयले वार्षिक प्रतिवेदन बुझायो

Image

हेटौंडा। बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालय, बागमती प्रदेश मकवानपुरले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन बुझाएको छ ।

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ अनुसार कार्यालयले हरेक वर्ष प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको छ ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले न्याय सम्पादनको क्षेत्रमा देखा परेका चुनौती समाधानका लागि मुख्यमन्त्रीमार्फत आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले बागमती प्रदेशका कारागारहरूमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले मानव अधिकार प्रत्याभूतिमा नै चुनौती सिर्जना भएको बताउनुभयो ।