मकवानपुरमा चट्याङ लागी बुद्ध प्रजाको मृत्यु

Image

हेटौंडा/ मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१५ कमेरो पानीस्थित किराना पसल अगाडि चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौडा–१६ सानो आकाशधारा घर भई हाल जिल्ला बारा निजगढ नगरपालिका–१३ बस्ने वर्ष ३७ का बुद्ध बहादुर प्रजा किराना पसल आउँदै गर्दा अचानक परेको चट्याङ लागी घटनास्थलमै मृत्यु भएको हो ।

उक्त किराना पसल धन बहादुर स्याङतानले सञ्चालन गर्दै आएका थिए । घटना पछि थप अनुसन्धानका लागि प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमाण्डमा टोली खटिएको थियो । प्रहरीले मुचुल्का कार्य सम्पन्न गरी मृतकको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाएको जनाएको छ ।