निजामती सेवा दिवस–२०८२ हेटौंडामा फलफूल तथा आलङ्कारिक विरुवा रोपण

Image

हेटौंडा/ “व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने मूल नाराका साथ निजामती सेवा दिवस–२०८२ को अवसरमा मकवानपुरको हेटौंडा–१६, चिसापानीस्थित जनप्रिय माध्यमिक विद्यालयमा शनिबार फलफूल तथा आलङ्कारिक विरुवा रोपण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय परिसरलाई हरियाली बनाउने र वातावरण संरक्षणमा योगदान गर्ने उद्देश्यसहित गरिएको उक्त कार्यक्रममा विभिन्न किसिमका फलफूल तथा शोभा बढाउने विरुवाहरु रोपिएका छन् ।

कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय, हेटौंडा मकवानपुरको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।