मकवानपुरमा मिजार समाज नेपालको प्रथम जिल्ला सम्मेलन सम्पन्न

Image

हेटौंडा/ “देशभरका मिजारहरु एक हौ, प्रगति र सृजनाका लागि दृढ हौ” भन्ने मूल नाराका साथ मिजार समाज नेपाल बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लाको प्रथम जिल्ला सम्मेलन शनिबार हेटौंडामा सम्पन्न भएको छ।

मकवानपुर मिजार समाजको आयोजनामा सम्पन्न सम्मेलनमा जिल्लाभरिका १० पालिकाबाट आएका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।कार्यक्रमको सभाध्यक्ष मकवानपुर मिजार समाजका संयोजक बलराम मंग्राती रहेका थिए भने मिजार समाज नेपाल केन्द्रीय समिति वरिष्ठ उपाध्यक्ष राजु वसेलको प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा केन्द्रीय महासचिव यमबहादुर सुखाली, सह–कोषाध्यक्ष गीता पुर्कोटी, केन्द्रीय सदस्य श्याम विशुन्के, बागमती प्रदेश अध्यक्ष रमेश रम्तेल, मधेश प्रदेश अध्यक्ष दिपेन तोलाङ्गे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण नेपाली, बागमती प्रदेश कोषाध्यक्ष रुपा वर्मा, सिन्धुली जिल्ला अध्यक्ष निर्मला रम्तेल र मकवानपुरका प्रमुख जिल्ला जनस्वास्थ्य अधिकृत कृष्ण मिजारको पनि उपस्थिति थियो।

सम्मेलनले मिजार समुदायको पहिचान, एकता, सांस्कृतिक प्रगति र समाजिक सशक्तिकरणमा योगदान पुर्‍याउने र मिजार समुदायको हक हितका लागि पहल गर्ने  उद्देश्य रहेको संयोजक बलराम मग्राती जनाएका छन्।

सम्मेलनबाट  मग्राती तीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरिएको छ। जसमा उपाध्यक्ष सुरेश नेपाली ‘बेरोजगार’ र चमेली मिजार, सचिव विर बहादुर मिजार, सह–सचिव प्रकाश मिजार, कोषाध्यक्ष सगिता दवाडी रहेका छन्। त्यस्तै सदस्यहरूमा शान्ती मिजार, पुर्ण नेपालीलगायत रहेका छन् भने हल्लाकारमा कृष्ण नेपाली, रण दुलाल र राम बहादुर दुलाल लगायत चयन भएका छन्।