हेटौडा/ मकवानपुर प्रहरीले छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणको लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
भदौ २१ गते साँझ हेटौडा उपमहानगरपालिका–११, थानाभर्याङ गुम्बाटोलमा पक्राउ परेका ३७ वर्षीय संजिव वाईबा र २८ वर्षीय निखिल गोले लामाको साथबाट ४ ग्राम ३३० मिलिग्राम हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै भदौ २२ गते बिहान हेटौडा–४, ओम्याक्स हल अगाडि शंकास्पद अवस्थामा फेला परेका कैलास गाउँपालिका–१ का ४८ वर्षीय जंग थिङको साथबाट २ किलो ८९० ग्राम अफिमजस्तो देखिने पदार्थ फेला परेको हो।
उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।

















