हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसले १९ जनाको शहादतमा दुई दिन शोक विदा घोषणा

Image

हेटौंडा / त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसले हालैको दुखद घटनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुई दिनको शोक विदा दिने निर्णय गरेको छ।

कलेज प्रिन्सिपल पुरन बहादुर जोशीद्वारा जारी सूचनामा भनिएको छ कि जेनजी समूहका १९ जनाले सत्य, न्याय र समानताको पक्षमा आवाज उठाउँदा गोली प्रहारबाट ज्यान गुमाएको घटनाले सम्पूर्ण कलेज परिवार स्तब्ध भएको छ।

सूचनामा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ। कलेज प्रशासनले भदौ २४ र २५ गते कक्षा सञ्चालन नहुने

जानकारी गराउँदै सम्बन्धित सबैलाई सूचित गरेको छ।
कलेजले यस पीडादायी क्षणमा आफ्ना विद्यार्थी, शिक्षक र कर्मचारीलाई एकताबद्ध भएर शोक मनाउन आग्रह गरेको छ।