मकवानपुरमा ठूलो परिमाणको गाँजा र हिरोइनसहित तीन जना पक्राउ

Image

हेटौंडा/ मकवानपुरमा प्रहरीले ठूलो परिमाणको लागुऔषध बरामद गर्दै तीन जनालाई नियन्त्रणमा लिएको छ।
कन्टेनरमा गाँजा बरामद

२०८२ साल भदौ ३१ गते बिहान करिब ६:०० बजे इलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैसेको संयुक्त टोलीले भिमफेदी–२, भैसे चेकपोष्टमा पालुङबाट हेटौडा तर्फ आउँदै गरेको कन्टेनर (बा २ ख ३२१९) रोकी जाँच गर्दा चालक बिर बहादुर तामाङ (४१ वर्ष, सिन्धुपाल्चोक, बाह्रबिसे–८) संलग्न रहेको पाइएको छ।

कन्टेनरको पछाडिको डिब्बामा लुकाइ ल्याइएको १२ पोकामा जम्मा १५७ किलो १२० ग्राम प्रतिबन्धित गाँजा बरामद भएको छ। प्रहरीले लागुऔषधसहित कन्टेनर पनि बरामद गरी चालकलाई नियन्त्रणमा लिएको छ। यस मामलामा मकवानपुर जिल्ला अदालत हेटौडाबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ।

हिरोइनसहित दुई जना पक्राउ
त्यसअघि, २०८२ साल भदौ ३० गते राति करिब ८:०० बजे हेटौडा उपमहानगरपालिका–१२, सिक्रेनीमा रहेको उमेश लामाको घरमा प्रहरीले छापा मार्दा उमेश लामा (२५ वर्ष, हेटौडा–१२ बस्ने) र विनोद गुरुङ (२९ वर्ष, हेटौडा–१३ बस्ने) शंकास्पद अवस्थामा फेला परे।

निजहरुको साथबाट सानो–सानो पुरीयामा बिक्री वितरण गर्न तयार पारिएको ५ ग्राम ३०० मिलिग्राम हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको छ। दुवैलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौडाबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।