हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–११, सिमलटारमा विजयादशमीको अवसर पारेर असोज ६ गतेदेखि सिमलटार खेलमैदानमा टोल–स्तरीय फुटबल प्रतियोगिता सुरु हुने भएको छ। पाँच दिनसम्म चल्ने यस प्रतियोगिता असोज ११ गते फाइनल खेलसँगै सम्पन्न हुने आयोजकले जनाएको छ।
प्रतियोगिता सिमलटार युवा क्लब र जेन्जि ग्रुप गेमको संयोजनमा आयोजना भएको हो। क्लबका अध्यक्ष तथा प्रतियोगिताका संरक्षक प्रभाकर पुडासैनीका अनुसार वडा नम्बर ११ भित्र बसोबास गर्ने युवाहरू मात्र सहभागी हुन पाउनेछन्।
प्रतियोगितामा विजेता टिमले रु. २०,००० नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु. १०,००० पाउनेछ।
स्थानीय स्तरमा खेल प्रतिभा खोजी गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिताले वडा–११ भित्र खेलप्रति जागरुकता बढाउनुका साथै युवाबीच मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्न रहेको संरक्षक पुडासैनीले बताउनुभयो।












