दशैं–तिहारमा पुरानो मोटरसाइकल बने नयाँ भाग्य : हेटौँडामा यामाहा एक्सचेञ्ज मेला सुरु

Image

हेटौँडा / दशैं–तिहारको अवसर पारेर हेटौँडामा यामाहा मोटरसाइकलको मेगा एक्सचेञ्ज मेला सुरु भएको छ।

मकवानपुरका लागि आधिकारिक विक्रेता राज मोटर्समा असोज २ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने यस मेलाले पुरानो मोटरसाइकललाई मात्र नयाँमा साट्ने अवसर होइन, भाग्य बदल्ने मौका समेत दिएको छ।

मेलामा ग्राहकले पुरानो मोटरसाइकल साटेर नयाँ यामाहा खरिद गर्दा ११ लाख रुपैयाँसम्म नगद जित्ने सम्भावना पाउँछन्। साथै, मूल्याङ्कन गर्दा न्यूनतम २५ हजार रुपैयाँ सुनिश्चित रकम र बजार मूल्यभन्दा थप १० हजार रुपैयाँ बोनस पाउने व्यवस्था गरिएको छ।

यति मात्र होइन, मेलामा सहभागी हुने जो–कसैले पनि लकी–ड्रमार्फत यामाहाको नयाँ मोटरसाइकल जित्ने अवसर पाउनेछन्। त्यसैगरी, वित्तीय सहजताका लागि ग्राहकलाई ७.९९ प्रतिशत ब्याजदरमै कर्जा सुविधा उपलब्ध गराइएको छ।

राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले दशैं–तिहारलाई लक्षित गर्दै आयोजना गरिएको यो मेलाले ग्राहकलाई पुरानो साधनलाई नयाँ सपनामा बदल्ने सुवर्ण अवसर दिने विश्वास व्यक्त गरेका छन्।