मकवानपुरको राक्सिराङमा चट्याङ लाग्दा एक जना गम्भीर घाइते

Image

हेटौंडा / मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–८ माईसिराङमा चट्याङ परि एक व्यक्ति गम्भीर घाइते भएका छन्।
शनिबार साँझ करिब ८:३० बजेको समयमा वर्ष ५५ का देउबहादुर चेपाङ आफ्नै घरभित्र बसिरहेको अवस्थामा पानी र हावाहुरीसँगै परेको चट्याङ लागी घाइते भएको प्रहरीले जनाएको छ।

घाइते चेपाङलाई उपचारका लागि मनहरी अस्पतालतर्फ लैजाँदै गर्दा प्रारम्भिक रुपमा बाहिरी चोटपटक नदेखिए पनि भित्री चोट गम्भीर भई बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घटना सम्बन्धी जानकारी साँझ ९:०० बजेतिर प्रहरी चौकी चौनपुरमा प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। हाल घाइतेको उपचार तथा स्वास्थ्य अवस्थामाथि प्रहरीको निगरानी रहेको बताइएको छ।