हेटौंडा–४ स्कुल रोडमा ‘डेभिड सन सटिङ सुटिङ टेलरिङ’ सञ्चालन

Image

हेटौंडा/ हेटौंडा–४ स्कुल रोडमा ‘डेभिड सन सटिङ सुटिङ टेलरिङ’ नामक नयाँ टेलरिङ सेवा केन्द्र सञ्चालनमा आएको छ। शुक्रबार आयोजित एक समारोहका बीच नेपाल समर्पण चर्चका पास्टर मिलन सेंडाईको प्रमुख आतिथ्यतामा उक्त टेलरिङ सेन्टरको औपचारिक उद्घाटन गरिएको हो। कार्यक्रममा समाजसेवी हरिसरण कार्की लगायत स्थानीयको उपस्थिति रहेको थियो।

स्थानीय युवाद्वारा सुरु गरिएको यस व्यवसायको उद्देश्य सस्तो, गुणस्तरीय र मनपर्ने ढङ्गका लुगा स्थानीयस्तरमै उपलब्ध गराउने रहेको सञ्चालक जितेन नेपालीले बताए। उनका अनुसार, ‘डेभिड सन सटिङ सुटिङ टेलरिङ’मा ग्राहकको रुचि र आवश्यकताअनुसार सुटिङ, सटिङ, पेन्ट–कोट, अफिसियल सुटलगायतका आधुनिक
तथा परम्परागत डिजाइनका लुगा ध्यानपूर्वक सिलाइ गरिन्छ।

“हामी गुणस्तरीय कपडा, समयमै सेवा र सन्तुष्ट ग्राहक भन्ने नारा अनुसार अघि बढिरहेका छौं,” नेपालीले भने। उनका अनुसार, अब हेटौंडा र आसपासका ग्राहकले कपडा सिलाउन काठमाडौं वा अन्य सहर धाउनुपर्ने आवश्यकता रहने छैन।

स्थानीय सीपमूलक व्यवसायलाई प्रोत्साहन दिने र युवाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यो टेलरिङ सेन्टरले हेटौंडाको आर्थिक गतिविधिमा योगदान पुर्‍याउने विश्वास सञ्चालक नेपालीले व्यक्त गरे।

उनका अनुसार, ‘डेभिड सन सटिङ सुटिङ टेलरिङ’ले ग्राहकसँग दीर्घकालीन विश्वास र सन्तुष्टिको सम्बन्ध कायम राख्दै स्थानीय अर्थतन्त्र सुदृढ पार्ने लक्ष्य लिएको छ।