हेटौंडा बसपार्क नजिक तास खेल्दै गरेका ११ जना पक्राउ, रु. ६ लाख बढी नगद बरामद

Image

हेटौंडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१० बसपार्क गुम्बा नजिकको एक खाजा घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीको विशेष सूचनाका आधारमा शुक्रबार साँझ करिब ५ः२० बजे खटिएको टोलीले उक्त खाजा घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार दर्ता नभएको उक्त खाजा घरमा तास खेलिरहेको अवस्थामा रु. ६ लाख ६ हजार ३१० नगद र ११ बुक तास बरामद गरिएको छ। पक्राउ परेका सबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरू यसप्रकार छन् —
१. खाजा घर सञ्चालक हिरालाल मोक्तान (३५) र उनकी श्रीमती बसन्ती ब्लोन (३५), दुवै हेटौंडा–१०, कर्रा निवासी,
२. अर्जुन तामाङ (३७), हेटौंडा–१०, बसपार्क टिसिएन रोड,
३. टुम बहादुर वाइबा (३८), हेटौंडा–१०, न्युरेनी,
४. राम माया राना (५०), हेटौंडा–१०, बसपार्क,
५. हिरा माया थिङ (५०) र शान्ति माया तामाङ (३०), दुबै हेटौंडा–४, हुप्राचौर,
६. कान्छी माया ब्लोन (६६), हेटौंडा–१०, बसपार्क,
७. सीता लामा (४५), हेटौंडा–११, थानाभर्यासङ,
८. राजेश दर्नाल (२७), बागमती गाउँपालिका–५, ज्यामिरे, र
९. अनिल थापा (३०), मनहरी गाउँपालिका–४।

प्रहरीका अनुसार पक्राउ गरिएको स्थान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट करिब ५०० मिटर पूर्वतर्फ पर्छ।
अवैध जुवातास नियन्त्रण अभियान अन्तर्गत प्रहरीले पछिल्लो समय मकवानपुरका विभिन्न क्षेत्रमा निरन्तर निगरानी बढाएको जनाएको छ।