हेटौंडा/ मकवानपुरको हेटौडामा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौडा उपमहानगरपालिका–०४, थाहा चोकस्थित पदम खाजा घर पछाडिको टहरामा जुवातास खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापा मारी पाँच जनालाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूबाट नगद रु. ४७ हजार ७९० रुपैयाँ, १६ वटा कौडा र ६ बुक तास बरामद गरेको जनाएको छ।
पक्राउ परेकाहरूमा
१. होटल सञ्चालक पदम बहादुर भोलन (४० वर्ष) — बागमती गाउँपालिका–१, हाल हेटौडा उ.म.न.पा.–०४,
२. समिर योन्जन (३४ वर्ष) — बागमती गाउँपालिका–१,
३. हिरा लामा तितुङ (४० वर्ष) — कैलास गाउँपालिका–१०,
४. मिलन तामाङ (३० वर्ष) — हेटौडा उ.म.न.पा.–११, र
५. रोम प्रसाद चौलागाई (४५ वर्ष) — बारा, निजगढ
नगरपालिका–५ रहेका छन्।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ।












