कर्रा खोलामा डुबेका पुरुषको प्रहरीद्वारा उद्धा

Image

हेटौंडा/ मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१० कर्रापुल नजिक कर्रा खोलामा आज बिहान एक पुरुष डुबेका थिए।
मिति २०८२ कार्तिक ११ गते बिहान करिब ८:२० बजे खोलामा मानिस डुबेको खबर पाएपछि वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीहरूको सहयोगमा करिब ५०० मिटर तलबाट ती व्यक्तिलाई अचेत अवस्थामा उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याएको हो।

उपचारपछि होसमा आएका व्यक्तिले आफ्नो परिचय उमेश बिक (४४ वर्ष), स्थायी ठेगाना हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे रहेको बताएको प्रहरीले जनाएको छ।
उपचारपश्चात स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई उनका आफन्तको जिम्मामा बुझाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।