Image

हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिका–१० अन्तर्गत पर्ने कोशीराङ–घट्टेचौर टोललाई औपचारिक रूपमा पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ।

सो घोषणा गाउँपालिकाको पहलमा आयोजित विशेष समारोहका बीच सम्पन्न गरिएको हो। उक्त टोलका ३३ घरधुरीमध्ये हरेक घरमा एक–एक धारा जडान गरिएको छ भने सबै घरधुरीमा शौचालय निर्माण कार्य पूर्ण भएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा बोल्दै कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले सरसफाइ तथा खानेपानी समिति र स्थानीय बासिन्दाहरूले सामूहिक प्रयास र सहकार्यकै कारण समुदायले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन ।

कैलाश गाउँपालिकाले गाउँभित्रका अन्य टोलहरूलाई पनि क्रमिक रूपमा पूर्ण सरसफाइ र सुरक्षित खानेपानी अभियानमा सहभागी गराउने लक्ष्य राखेको जनाएको छ।