हेटौंड/ जेसीज सप्ताह–२०२५ अन्तर्गत जेसीआई हेटौंडाले बुधबार ‘भिजन, एक्सन, सक्सेस’ शीर्षकमा अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।
प्रतियोगितामा १२ जना जेसीज सदस्यहरूले सहभागिता जनाएका थिए। ती सहभागीमध्ये सन्तोष पराजुली प्रथम, संजय कुमार न्यौपाने द्वितीय, र किरण आले तथा विवेक फुयाल तृतीय स्थानका सह–उपविजेता बनेका छन्।
कार्यक्रमको निर्णायक मण्डलमा सन् २००८ का शाखा अध्यक्ष कुश रिजाल र सन् २०१५ का शाखा अध्यक्ष दिपक राज मिश्र रहेका थिए।
वक्तृत्वकला प्रतियोगिता सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाको सभाअध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सृजन राज बज्राचार्य संयोजकका रूपमा रहेका थिए भने सन् २००१ का पूर्व शाखा अध्यक्ष धर्मकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
जेसीज सप्ताहको क्रममा यसअघि रक्तदान कार्यक्रम तथा स्लो मोटरसाइकल रेस प्रतियोगिता सम्पन्न भइसकेका छन्। आगामी दिनमा अन्य सामाजिक र व्यक्तित्व विकासमुखी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी जेसीआई हेटौंडाका महासचिव न्यौपानेले दिएका छन्।

















