थाहा नगरपालिकामा २८ र २९ गते निःशुल्क मुटु स्वास्थ्य शिविर हुने

Image

हेटौंडा/ मकवानपुरको थाहा नगरपालिका र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको संयुक्त पहलमा आयोजना गरिएको “Use Heart For Every Heart – मन लगाउ, सबैको मुटु बचाउ” मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आगामी २०८२ कार्तिक २८ र २९ गते पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, थाहा-४ मा सञ्चालन हुने भएको छ।

शिविरमा मुटु रोग विशेषज्ञ प्रा. डा. मनोज श्रेष्ठ (कार्डियोलोजिष्ट) र सिनियर जनरल फिजिसियन प्रा. डा. सुमन कर्माचार्य ले सेवा प्रदान गर्नेछन्।

शिविरमा सहभागीहरूले ECG, ECHO, USG, PFT, सुगर परीक्षण, साथै १५ दिनको निःशुल्क औषधि सेवा प्राप्त गर्न सक्नेछन्। शिविरमा दन्त उपचारको समेत व्यवस्था गरिएको छ।
शिविरको समय बिहान १० बजे देखि दिउँसो ४ बजे सम्म रहनेछ। थाहा नगरपालिकाले स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले यो पहल गर्दै आएको बताएको छ।

नगरपालिकाकाले बताएअनुसार, “हाम्रो लक्ष्य स्थानीय बासिन्दालाई स्वास्थ्यसम्बन्धी जानकारी र निःशुल्क सेवा उपलब्ध गराउनु हो, जसले मुटु रोगको प्रारम्भिक पहिचान र उपचारमा सहयोग पुर्‍याउनेछ।”

शिविर थाहा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, इन्द्रायणी चौर को आयोजनामा र नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुर को सहयोगमा आयोजना हुने छ।