राक्सिराङ्गमा ७५ वर्षीय बुढाले ६४ वर्षीय पुरुषको गोली प्रहार गरी हत्या

Image

हेटौंडा / मकवानपुरको राक्सिराङ गाउँपालिका–१, कोलगैरी ठकुरीडाँडामा पुरानो मनमुटावले एक व्यक्ति मारिने घटना भएको छ।

७५ वर्षीय इमानसिंह थोकरले ६४ वर्षीय ठुले गोलेमाथि गोली चलाउँदा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीले थोकरलाई घटनास्थलबाट करिब १ किलोमिटर पूर्व, लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ। पक्राउ गर्दा कटुवा पेस्तोल, दुई राउन्ड गोली र १९० ग्राम बारुद बरामद गरिएको छ भने पुरानो रिसिइबिको कारणले घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। इमानसिंह लाई नियन्त्रणमा लिएर आबश्यक कारबाही अगाडि बढीरहेको छ।