हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६, सुनाचुरी बस्ने ६५ वर्षीय बल बहादुर राई आफ्नै घरको कोठामा मृत भेटिएका छन्।
स्थानीय वडाध्यक्षले घटना प्रहरी चौकी सुनाचुरीलाई जानकारी गराएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरी निरीक्षक शम्भु नारायण साहको नेतृत्वमा टोलीले घटनास्थल सुरक्षित राखिएको छ।
थप अनुसन्धानका लागि SOCO टोलीसहित प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा टोली खटाइएको छ। घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करिब ३ किलोमिटर पूर्व र इ.प्र. का. मनहरीबाट करिब ७ किलोमिटर पश्चिममा रहेको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धान पूरा भएपछि घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने बताएको छ।

















