हेटौंडा/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई मकवानपुरको राक्सिराङ् गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदस्थापन हुनुभएका सन्देश मास्केले सोमबार पदभार ग्रहण गर्नुभएको छ। उहाँको स्वागतका लागि आयोजित कार्यक्रम राक्सिराङ् गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मल्लले नयाँ प्रशासकीय अधिकृत मास्केले आफ्नो अनुभव, दक्षता र नेतृत्व क्षमतामार्फत गाउँपालिकाको प्रशासनिक कामकाज थप प्रभावकारी र पारदर्शी हुने विश्वास व्यक्त गर्नुभयो। साथै गाउँपालिकालाई सुशासन, सेवा प्रवाह र समग्र विकासको प्रक्रियामा अझै सक्षम बनाउने अपेक्षा राखिएको बताइयो।
स्वागत कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडाध्यक्षहरू, कर्मचारीहरू तथा स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

















